विराटनगर,२५ चैत । रातो तारा डट कम,
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले देशविरोधी,विखण्डणकारी र अपराधीका साथ कडाईका साथ पेश हुन सुरक्षा निकायलाई निर्देश गरिएको बताउनुभएको छ ।
विराटनगरमा आयोजित पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराउनुभएको हो ।
सुरक्षाका चूनौंतिको समस्याको समाधान हुने उल्लेख गर्दै उहाँले भन्नुभयो,“राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी सचेत एवम् सक्षम भएकाले आ–आफ्ना जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछ ।”
मधेशी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री निधिले भन्नुभयो,“सरकार र मधेशी मोर्चाबीच वार्ता भइरहेको र मोर्चा दुई चरणमा निर्वाचन भएमा भाग लिने विषयमा सहमत भएमा सो सम्बन्धमा पनि सोच्न सकिन्छ ।”
सुरक्षा योजना तयार पारिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले पाँचवटै विकास क्षेत्रमा क्षेत्रीय सुरक्षा गोष्ठीको आयोजना गरिने जानकारी गराउनुभयो ।
उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनुका साथै मतदाता,उम्मेद्वार र मतदानमा खटिने कर्मचारीलगायतका सुरक्षाको विषयमा समेत गोष्ठीमा छलफल भएको जानकारी गराउनुभयो ।
वरीयताको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले प्रधानमन्त्रीजी र पार्टी अध्यक्ष शेरबहादुर देउवाले छलफल गरेर टुङ्गो लगाउने जानकारी गराउनुभयो ।
Post a Comment