Websoft University

जापानी सागरमा फेरि ब्यालिस्टिक मिसाइलको परीक्षण





काठमाडौ, चैत २३ गते । रातो तारा डट कम,अन्तर्राष्ट्रिय समाचार-उत्तर कोरियाले आफ्नो पूर्वी बन्दरगाह सिम्पोबाट जापानी सागरमा एउटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार यो मिसाइल करिब ६० किलोमिटर टाढासम्म गएको थियो । उत्तर कोरियाको हालका परीक्षणमा यो सबैभन्दा पछिल्लो हो।

पश्चिमी देशहरुलाई यो उसको परमाणु हतियार विकास कार्यक्रमको अंग हो कि भन्ने डर छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणभन्दा अगाडि उत्तर कोरियाले यो परीक्षण गरेको हो । चिनियाँ राष्ट्रपतिले उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम छ ।

दुवै नेताले उत्तर कोरियाको मिसाइल कार्यक्रममा लगाम लगाउने विषयमा पनि छलफल गर्नेछन् । संयुक्त राष्ट्रसंघले मिसाइल तथा परमाणु परिक्षणलाई लिएर उत्तर कोरियामाथि प्रतिवन्ध लगाइरहेको छ ।

अमेरिकी सैन्य कमाण्डका अनुसार उत्तर कोरियाको हालको परीक्षण केएन १५ मध्य रेन्जको ब्यालेस्टिक मिसाइल हो।

उसको वक्तव्यमा भनिएको छ, ‘उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमाण्डले उत्तर कोरियाको मिसाइल परीक्षणलाई उत्तरी अमेरिकाका लािग खतरा बन्न दिने छैन ।’

अघिल्लो महिना उत्तर कोरियाले चार ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको थियो । यो परीक्षण तोंगचांंग(री इलाकाबाट जापानी सागरतर्फ गरिएको थियो ।

यो चिनियाँ सिमानाको नजिक छ । जापानी प्रधानमन्त्री शिन्जो अबेले यसलाई नयाँ खतराको संज्ञा दिएका छन् ।
अनलाइन खबरबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.