बिराटनगर,चैत्र ३१ गते । रातो तारा डट कम,र्निवाचन आयोगले आज बिराटनगरमा पत्रकार भेटघाट कार्याक्रमको आयोजाना गरेको थियो ।
उक्त पत्रकार भेटघाट कार्याक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधि प्रसाद यादवले आयोगका तर्फबाट कुरा राख्दै,२०७४ सालको बैैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचको तयारी भईसकेको आजबाट देशका सातै क्षेत्रमा निर्वाचन अधिकृतहरुलाई दिइने प्रशिक्षण सकिने जानकारी गराउनु भयो ।
आम नेपाली जनताको उत्साह स्थानिय तह का जनताको सहभागितालाई आयोगले कदर गर्दै, सबैकाम पुरा गरेको जानकारी गराउनु भयो ।
हिजो सिन्धुलिमा गरेको पत्रकार सम्मेलनमा अन्नपुर्णपोष्ट दैनिक पत्रिकाले नबोलेको गलत कुरा समेत लेखेको प्रति आयोको ध्यानआक्रष्ण भएको भन्दै प्रमुख आयुक्तले त्यस्तो समचार प्रति खेद पकट गर्छु, गलत समचार नलेख्न भन्नु
भयो ।
प्रमुख आयुक्तले गलत समचार नलेखन आग्रह गर्दै निर्वाचमा जनता सरकार आयोगलाई सहयोग गर्न पत्रकारहरुलाई भन्नु भयो ।
छलफल,स्थानिय चुनाव प्रचार प्रसारको व्यवस्था,स्थानिय तहमा दलहरुको दर्ता मदतदान केन्द्र समेत टुङ्गो लगाउने जस्ताकामहरु सकिएका र अव बैशाख ३ गते कार्यालयहरु खोलिनेछ र १२ गते देखि निर्वाचन सामाग्री ढुहानी गरी बैशाख १६ गतेबाट उमेदवारी दर्ता हुने कुरा पत्रकारहरुलाई जानकारी गराउनु भयो ।
पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै डा . अयोधिप्रसाद यादवले भन्नु भयो,स्थानिय निकायको र्निवाचन एकै पटक गर्ने गरी सहमतिका लागि दलहरु संग सरकारले कुरा गरिरहेको छ,सबेको सहमतिमा सबैठाउमा निर्वाचनको माउल बनिसकेकोले शान्तिपुर्ण तरिकाले निर्वाचन हुने जानकारी गराउनु भयो ।
Post a Comment