सुनसरी धरान, चैत २२ गते । रातो तारा डट कम,
धरानमा सिटी सफारी रिक्सा चालक संइघले वृहत भेलाको हिजो आयोजना गरेको थियोे।
धरान १२ मा रहेको पब्लिक उच्च माविको प्रांगरणमा भएको भेलालाई नेपाली कांग्रेस धरान नगर समितिका सभापति तिलक राईले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै सिटी सफारी चालकहरुले आफूहरु चौतर्फी मारमा परेको बताएका थिए । भेलालाई सम्बोधन गर्दै समितिकी अध्यक्ष रिना लामाले सिटी सफारीलाई चौतर्फी सौताको व्यवहारले हेर्ने गरेको बताउनुभयो ।
धरानमा सिटी सफारीले सर्वसाधारणलाई धेरै सेवा दिएको भएपनि पार्किङ स्थल नहुदा समस्या भोग्नुपरेको गुनासो पोख्दै जथाभावि रोकेको निहुमा ट्राफिक प्रहरीले समेत जरिवाना असुल्ने गरेको बताउनुभयो ।
यस्तै चालक महिलाहरुले समेत सिटी सफारीका महिला चालकलाई समाजले अझै राम्रो नजरले नहेको बताउदै धरान १५ की सिटी सवारी चालक अम्बिका गोलेले ट्राफिक प्रहरी, नगरपालिकाका कर्मचारी र अन्यबाट समेत महिला चालकले दुव्र्यवहार भोग्नुपरेको बताउनुभयो ।
भेला अघि समितिमा आवद्ध सिटी रिक्सा चालकहरुले धरानमा सिटी रिक्साको ¥याली समेत आयोजना गरेका
थिए ।
धरान १५ पिण्डेश्वरबाट निकालेको ¥याली कार्यक्रम स्थल धरान १२ स्थित पब्लिक उच्च माविमा पुगेको थियो ।
Post a Comment