सिंहदेवी,मोरङ/युवराज ठकुरी,बैशाख ३ गते । रातो तारा डट कम-एकहुल जंगली जनवार सिंहदरबारमा छ्न।
यो देश लथालिङ्ग पार्ने तिनीहरु विचारमा छ्न।
धनकुटाका गजलकार सानू कार्की जेफालेको फेदीमा यसरी गजल मार्फत आक्रोश पोखिरहेका थिए।
चौबिसे गाउँपालिका वसन्तटार धनकुटा र केराबारी गाउँपालिका -२,सिंहदेवीको सिमानामा अवस्थित जेफालेको फेदीमा लोकगीत र गजल गुन्जिएको छ।
जेफाले पर्यटन क्षेत्रको प्रचारप्रसार र विकासमा साहित्य र सङ्गीत भन्ने विषय र स्थानीय ठाउँमा लुकेका प्रतिभाहरुको उजागर गर्ने अभिप्रायले उक्त कार्यक्रम गरिएको थियो।
पल्लो घर वल्लो घर छिमेकीको कुलो मै झगडा छ।
कस्कोमा हुन्छ डर घरभित्र चुलोमै झगडा छ।
वाराङ्गीका अर्का गजलकार सन्देश तुम्बापो यसरी आफ्ना गजल मार्फत मानवीय व्यवहारको पर्दाफास गरेका थिए।
गजल प्रतियोगितामा केराबारी-३,मोरङका यलकुमार लिम्बू तेस्रो,धनकुटाका सानू कार्की लुरे दोस्रो र वाराङ्गी मोरङका सन्देश तुम्बापो प्रथम भएका थिए।
त्यसै गरि लोकगीत प्रतियोगितामा सिंहदेवीका दुर्गा ठकुरी प्रथम, केराबारी-३,मोरङका आशिष मगरले प्रथम स्थान ओगटेका थिए।लोकगीत प्रतियोगितामा वाद्यवादनको टोलीमा गितारमा सुमन राई,मादलमा कमल बिक र बासुरीमा बालुराम मगरले साथ दिएका थिए।
युवराज ठकुरीको सन्चालन र गङ्गाध्वज लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी गजलकार रोहित पराई,साहित्यकार राज माङ्लाक,सुमन राई,गायक सङ्गीतकार जेवी थुलुङ,गायक सन्जिब धिमाल,लोक गायिका अन्जु गौतम लगायतको उपस्तिथि रहेको थियो।
लोकदोहोरी गायिका अन्जु गौतम र स्थानीय गायक गोविन्द खड्काले दर्शकलाई नचाएका थिए।अर्का गायक सन्जिब धिमाले पनि गीत प्रस्तुत गर्दै दर्शक तताएका थिए।
बैशाख २ गते नयाँ वर्ष मेला समिति,जेफाले खेलकुद विकास समितिद्वारा आयोजित खुल्ला लोकगीत र गजल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको हो।
Post a Comment