Websoft University

राष्ट्रिय आम सञ्चार नीतिसम्बन्धी बिराटनगरमा व्यापक छलफल



विराटनगर,वैशाख ५ गते । २०७४,रातो तारा डट कम-
नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयद्वारा आज विराटनगरमा राष्ट्रिय आम सञ्चार नीति कार्यान्वयनको   सुझाव संकलन र छलफल कार्यक्रमको आयोजना
गरेको  थियो ।

सघीय संरचनामा आम सन्चार माध्यमको भुमिका विषयक अन्तक्रिया कार्यक्रममा सुझाव संकलन गर्ने काम गरिएको थियो ।

नेपाल सरकारले पारित गरेको राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई कार्यान्वयन गर्नमा देखिन सक्ने कठिनाइ र सो नीतिलाई थप परिमार्जन गर्नसक्ने कुराको बारेमा प्रशासनिक
अदालतका अध्यक्ष तथा राष्ट्रिय आम संन्चार नीति कार्यन्वयन
सुझाव समितिकाअध्यक्ष काशीराज दहालले सहभागी हरूलाइ जानकारी गराउनु भयो ।

यो संन्चार नीतिलाई परिमार्जित गरेर पास गराउन स्वतन्त्र पत्रकार  सम्पादक सन्चारकर्मीहरू संग सुझाव मागिएको
थियोे,भने बिषयगत छलफल समेत भएको थियोे ।

उक्त आमसञ्चार नीतिमा प्रेस स्वतन्त्रता,आमसञ्चारको अधिकतम पत्रकारले पाउने कामको ज्याला सहयोग सुबिधा
सम्मान उमेर काम र सुधार कार्यन्वयन दर्ता बिज्ञापन मुल्यांकन लगानीका बारेमा सुचना तथा सन्चार सचिव महेन्द्र मान गुरूङले प्रष्ट पार्नु भएको थियोे ।

क्षेत्रीय प्रशासक राजेस्वर मान सिंहले निर्वाचनलाई सहयोग पुगाउन पत्रकारको भुमिका रहनेछ र पत्रकारिताप्रतिको विश्वसनीयतामा बृद्धि,आमसञ्चार माध्यमलाई स्वयम काम गर्न जोड दिनु भयो ।

पत्रकारिताको माध्यमबाट सामाजिक सद्भाव बढाउने, विज्ञापन नीति लगायतका विषय छलफल भएको थियोे ।

रेडियो,टेलिभिजन,छापा,अनलाइन पत्रिकाका माध्यमका बारेमा कानुनी बहस नै चलाइएको थियो । त्यसमा अनलाइन
पत्रिकाले पनि सुबिधा राज्यबाट पाउनुपर्ने पुरानो आर्थिक नियामावलिमा सुधार हुनुपर्ने कुरामा छलफल भएको थियो ।

त्यसैगरि संञ्चार सामाग्रीको उत्पादन,विक्री वितरण र प्रवाहमा स्वदेशी वा विदेशी लगानीलाई पैचान गरिनु राम्रो हो भनिएको थियोे ।

कार्यक्रममा मोरङका प्रमुख जिल्लामा अधिकारी यज्ञराज कोइराला, सुनसरीका जिल्लामा न्यायाधीश अर्जुन कोइराला,
 मोरङका प्रमुख जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत  बिनोद पोखरेल, पु क्षे निर्वाचन अधिकृत प्रेम संन्जेलले पनि कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा पूर्वक्षेत्रका पत्रकारहरूको बाक्लो उपस्थिति
रहेको थियो । कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासघ
मोरङका अध्यक्ष बन्धु पोखरेलले गर्नु भएको थियोे ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.