भक्तसेर लिम्बू - मोरङ, बेलबारी चैत २६ गते । रातो तारा डट कम,स्थानीय तहको निर्वाचनमा आदिवासी जनजातिहरुले आफ्नो मुद्धा उठाउने पार्टी र पहिचान पक्षधर नेतालाई मतदान गर्ने निचोड निकालेको छ ।
शनिवार मोरङको बेलबारीमा आयोजित नेपाल आदिवासी जनजाति महिला महासंघ बेलबारी, आदिवासी जनजाति युवा महासंघ बेलबारीको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागि आदिवासी जनजातिहरुले बताएका हुन् ।
वर्तमान संविधान आदिवासी जनजातिको हितमा नभएको कारण संविधान संशोधनका लागि संघर्षलाई पनि जारी राख्दै, चुनावको पनि उपयोग गर्ने नीति लिनु पर्ने धारणा राखेका छन्।
सोही क्रममा पहिचान पक्षधरपार्टी र व्यक्तिलाई मतदान गर्ने कार्यक्रममा सहभागी वक्ताहरु अन्तरक्रियाको क्रममा आफ्नो धारणा राखेका थिए ।
मधेशीमा जस्तै आदिवासी क्षेत्रमा चुनावको वहिष्कार गरेर जान नसक्ने भएको कारण मतलाई सुरक्षित गर्न यस्तो रणनीति अपनाउनु पर्ने कार्यक्रमका प्रशिक्षक पत्रकार तथा आदिवासी अधिकारकर्मी गोपाल देवानले बताए । रुपको आदिवासी तर विचार र सिद्धान्त भने पहिचान विरोधीहरुबाट भने सजग रहन पनि उहाँको सुझाव थियो ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राईले सिंहदरवारको अधिकार आज जनताको घर आगन सम्म आईपुग्न आदिवासी जनजाति आन्दोलनको पनि महत्त्वपूर्ण भूमिका रहेको बताएका थिए।
त्यसैगरी महासंघका सल्लाहकार डिपी राईले हामीले खाएको प्रत्येक गाँसमा राजनीति घुसेको कारण आदिवासी जनजातिहरु राजनीति रुपमा सचेत हुन जरुरी रहेको बताएका छन् । कार्यक्रममा जनजाति युवा महासंघका अध्यक्ष केशव थापा मगरले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रम महिला महासंघका सचिव उषा तामाङको संचालन र अध्यक्ष भगवती श्रृष्ठको सभापतित्वमा सम्पन्न भएको
थियो ।
Post a Comment