Websoft University

फेस बुकलाइ दुरुपयोग नगरी सदुपयोग गर्नु राम्रो हो


काठमाडौं, बैशाख ९ गते । रातो तारा डट कम-प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय सामाजिक सञ्जाल लोकप्रिय बन्दै आएको छ ।

साथीसंगीसँग निकट हुन,आफ्ना भावना अरुसम्म पुर्याउन मात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रुपमा पनि फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको भूमिका देखिएको छ ।

युवकयुवतीमात्र नभई बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक सञ्जालमा अभ्यस्त भइरहेका छन् ।

लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् ।

यसैको पछिल्लो कडीका रुपमा देखिएको छ,सामाखुसीमा रहेको प्रहरी विद्यालयका छात्र कुन्दन थापाको मृत्यु प्रकरण
र उनको मृत्युको कारण सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग देखिएको छ ।

घटनाको छानबिन गर्न गठित समितिले सहपाठीसँग बदला लिन १४ वर्षीय कुन्दनले फेसबुकमा नक्कली खाता खोलेर अश्लील सामग्री राखेको घटना खुलेपछि आत्तिएर आत्महत्या गरेको निष्कर्ष निकालेको हुदा सबैले सामाजिक सनजाल फेस बुकलाइ दुरुपयोग नगरी सदुपयोग गर्नु राम्रो हो भनिएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.