Websoft University

स्थानीय तह निर्वाचन कार्यालय ७५ जिल्लामा आजैबाट खुले



काठमाडौं, बैशाख ३ गते । रातो तारा डट कम-वैशाख ३१ का लागि तय स्थानीय निर्वाचन गराउन ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय आइतबारबाट खुल्ने भएका छन् । निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।

‘आइतबारबाट ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय खुल्दै छन्’, आयोगका सचिव गोपीनाथ मैनालीले भने, ‘आइतबारबााट निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोग जिल्लामा क्रियाशील हुन्छ ।’

मुख्य निर्वाचन अधिकृतले जिल्लामा छुट्टै कार्यालय खोलेर निर्वाचनका लागि सम्पादन गर्नुपर्ने काम र आफू मातहतका निर्वाचनमा खटिने कर्मचारीका लागि काममा खटाउने जिम्मेवारी हुन्छ । अनलाइन खबर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.