Websoft University

इलाममा सडक महोत्सब यस बर्ष पनि चैत ३१ देखि बैशाख ३ गते सम्म हुने




इलाम चैत २३ गते । रातो तारा डा कम,
इलामको पर्यटकीय तथा कृषि क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले विगत छ बर्ष देखि इलाममा हुदै आएको  सडक महोत्सब यस बर्ष पनि चैत ३१ देखि बैशाख ३ गते सम्म
हुने भएको छ ।

इलाम उद्योग बाणिज्य संघ महिला उद्यमी एकाईको आयोजनामा हुने कार्यक्रममा महिलाहरुको व्याबसायिक क्षेत्रमा पहँुच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिने भएको छ ।

बिगत देखि नै नयाँ बर्षको सुरुवातमा हुदै आएको यो महोत्सब यस बर्ष पनि त्यही समयमा हुने भएको हो ।
इलाम उद्योग बाणिज्य संघ महिला उद्यमी इकाईकी अध्यक्ष अनुजा  सुबेदीका अनुसार जिल्लाका महिलाहरुको व्यबसायिक क्षेत्रमा पहँुच बढाउने, इलामलाई पर्यटकीय गन्तब्यको रुपमा पहिचान गराउने उद्देश्यले मेला सञ्चालन गरिने भएको हो ।

महोत्सवमा ४५ वटा स्टल रहने छन् । ती मध्ये भुटान, सिक्कीम, सिलगुडी, कोलकत्ता लगायत अन्य क्षेत्रका बिदेशी स्टलहरु प्नि समाबेश हुने भएको महिला उद्यमी इकाईकी अध्यक्ष  सुबेदीले जानकारी दिनुभयो ।

सुबेदीका अनुसार बिगत बर्षमा कमै मात्रै स्टलहरु“सो” गरेको भएपनि यस बर्ष भने सके सम्म बढी भन्दा बढी स्टलहरु समाबेश गर्ने आयोजना रहेको छ । उहाँका अनुसार बिगत बर्षमा पनि सास्कृतिक तथा पर्यटकीय क्षेत्रमा केही टेवा पुगेको कारण पनि मेला सञ्चालन गर्दै आएको हो ।

महोत्सवमा एक लाख पर्यटक अवलोकलन गराउने उद्देश्य रहेको छ बढी भन्दा बढी आन्तरिक भन्दा पनि बाह्रय पर्यटकहरु समाबेस गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा छ लाख ४० हजार रुपयाँ लागत खर्च हुने प्रारम्भिक अनुमान रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.