सुनसरी, चैत २७ गते । रातो तारा डट कम,
स्थानीय तहको चुनावका लागि सुनसरीमा ४ लाख २१ हजार १ सय ५९ जना मतदाता रहेका छन् ।
दुई उप–महानगरपालिका चार नगरपालिका र ६ गाउँपालिका रहेको सुनसरीको धरान उपमहानगरपालिकाबाट ८० हजार २ सय ८२ जना र इटहरी उपमहानगरपालिकाका ७७ हजार ६ सय ७७ जना मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।
इनरुवा नगरपालिकाका ३२ हजार १ सय ४५ जना तथा दुहवी नगरपालिकामा ३० हजार ६ सय ७२ जना रामधुनी नगरपालिकामा ३० हजार ३ सय ५६ जना र बराह नगरपालिकामा ६७ हजार ३ सय ९२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
त्यसैगरी पछिल्लो समयमा गाउँपालिका घोषित कोशी गाउँपालिकाबाट २२ हजार ७ सय ३० जना, गडी गाउँपालिकाबाट १९ हजार ६ सय ४० जना, देवानगञ्ज गाउँपालिकाबाट १९ हजार ४ सय ५६ जना बर्जु गाउँपालिकाबाट १८ हजार ५ सय ६४ जना, भोक्राहा गाउँपालिकाबाट १८ हजार ८ सय ८२ जना र हरिनगरा गाउँपालिकाबाट २० हजार ५ सय ६१ जना मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जानकारी दिएको छ ।
Post a Comment