Websoft University

मुख्य निर्वाचन कार्यालयको उदघाटन


मोरङ, बैशाख ३ गते । रातो तारा डट कम-
विराटनगर, वैशाख ३ गते । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मोरङ जिल्लाका लागि विराटनगरस्थित ‘वीरेन्द्र सभा गृहमा’ मुख्य निर्वाचन अधिकृतको कार्यालय आज स्थापना भएको छ ।

कार्यालयको उदघान गर्दै निर्वाचन आयोगका मानवीय आयुक्त नरेन्द्र दाहालले मुलुक अव निर्वाचनमय भइसकेको र अव निर्वाचनलाई सम्पन्न गर्नका लागि सबै क्षेत्र बर्गले त्तचित भएर लाग्नु र सहयोग गर्नु पर्छ भन्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरि मोरङ जिल्लाको मुख्यनिर्वाचन अधिकृतको रुपमा जिल्ला अदालतका न्यायधीश विनोदकुमार पोखरेलले आजै बाट आँफ्नो कार्यभार समाल्नु भएको छ ।

उदघाटन कार्यक्रममा मोरङका प्रजिअ यज्ञराज कोइराला, जिविस समन्वय कार्यालयका प्रमुख शोभाकर रेग्मी, बिराटनगर उपमहानगरपालिका का प्रमुख तथा कार्यकारी अधिकृत दिपक कोइराला, प्रहरी उपरीक्षक सन्दिप भण्डारी, निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलको उपस्थिति थियो ।

मोरङ जिल्लामा एक उपमहानगरपालिका, आठ नगरपालिका  र आठ गाउपालिका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.