संखुवासभा, बैसाख ७ गते ।रातो तारा डट कम-
बुधबार राति चलेको हावाहुरीले जिल्ला प्राविधिक कार्यालय संखुवासभामा मा क्षति पु¥याएको छ । पानीस“गै परेको हावाहुरीले कार्यालयको छाना उडाएको छ ।
भवन भत्किएको छ भने महत्वपूर्ण कागजात समेतमा ठूलो क्षति पारेको छ । कार्यालयका लेखापाल केशव पोखरेलका अनुसार कार्यालयको छाना उडाएपछि कम्प्युटर, प्रिन्टर र स्क्यानरमा पूर्णरुपमा क्षति भएको छ ।
कार्यालयमा पानी पसेपछि प्रशासन र लेखा फाटमा रहेको काजगात भिजेर काम नलाग्ने भएको उनले बताए । लेखा फाटमा भित्ता झरेर काजगात पुरिएको छ । लेखासम्बन्धि कागजात पूरै नष्ट भएको अनुमान गरिएको छ ।
पोखरेलका अनुसार हावाहुरीले करिब २५ लाख बराबरको क्षति पुगेको छ । त्यस्तै हावाहुरीले रेडियो संखुवासभाको सोलार प्यानलमा क्षति पारेको छ । सोलारका प्यानल हावाले उडाएर फुटेको अध्यक्ष कृष्णभगत प्रधानले बताए ।
हावाहुरी पछि गएको बिजुली नआउदा गुरास एफएम, सुनाखरी एफएमको प्रशारण प्रभावित भएको थिए । हावाहुरीले जिल्लाका अन्य स्थानमा पनि क्षति पारेको हुन सक्ने प्रहरी नायब उपरिक्षक गौतमकुमार केसीले बताए । क्षतिको बिवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment