रंगेली, चैत ३० गते । रातो तारा डट कम, मोरङ्गको धनपालथान गाउपालिकाले आफनो कार्यालय कर्सिया बजारमा स्थापना गरेको छ ।
गाऊ पालीकाले मंगलवार एक कार्यक्रम आयोजना गरी स्थानीय राजनितिक दलका प्रतिनिधी, नागरिक समाज र कर्मचारी नागरिकको उपस्थीतीमा कार्यालय स्थापना गरेको
हो ।
सर्वसाधारण जनताहरुमा कार्यालयको पहुच पु¥याउने उद्देश्यले कर्सिया बजार स्थित सामुदायीक भवनमा कार्यालय राखिएको कार्यकारी अधिकृत गोपाल श्रेष्ठ बताए ।
नया संरचना अनुसार मोरङ्गका नोचा, कदमाहा, अमाहीबरीयाती, सोराभाग र दादरबैरीया गा.वि.स.लाई मिलाएर धनपालथान गाउपालिका बनाइएको थियो ।
सोराभाग गाविसको सिमावर्ती क्षेत्रमा रहेको कार्यालय सारेर कर्सियामा स्थापना गरे संगै सर्वसाधारण जनतालाई सेवा लिन सहयोग पुगेको धनपालथान गाऊपालीकाका प्रशासन प्रमुख हरि प्रसाद पोखरेलले बताए
Post a Comment