Websoft University

कोसीमा प्रसूतिको पोष्ट अपरेटिभ वार्ड सन्चालनमा आयो



विराटनगर, बैशाख ६ गते । रातो तारा डट कम,
क्षेत्रीय स्तरको कोसी अञ्चल अस्पताल विराटनगरमा प्रसूति पोष्ट अपरेटिभ वार्ड आजदेखि संचालनमा ल्याइएको छ ।

सांसद तारा राईको संसद विकास कोसबाट प्राप्त १० लाख र अस्पतालको तीन लाख गरेर १३ लाख रुपैयाँ लागतमा वार्ड निर्माण गरेर संचालनमा ल्याइएको हो ।

वार्डको आज सांसद राईले एक कार्यक्रमका बीच उद्धघाटन गर्नु भयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलका अनुसार शल्यक्रिया गरेर प्रसूति गराईएका सुत्केरीलाई २४ घण्टा चिकित्सकको निगरानीमा राख्नका लागि वार्डको निर्माण गरिएको हो ।

उहाँका अनुसार १२ शैयाको वार्ड निर्माण गरिएको छ । यस अघि वार्ड अभावमा शल्यक्रिया गरेर प्रसूति गराइएकाहरुलाई चिकित्सकको निगरानीमा राख्नलाई समस्या हुँदै आएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.