Websoft University

स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको दाबी :मन्त्री कार्की


मोहन भट्टराई,मोरङ-पथरी,वैशाख बैशाख ६ गते । रातो तारा डट कम,सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सरकारले जनमुखी कार्यक्रम ल्याएको र कार्यान्वयनको चरणमा भएकोले नागरिकलाई निरास नहुन आग्रह गर्नुभएको छ।

हिजो मंगलबार मोरङको पथरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो आग्रह गर्नुभएको हो ।
मन्त्री कार्कीले चाँडै नै नेपालले आफ्नो छुट्टै भू–उपग्रह स्थापना गर्ने तयारी भइरहेको जानकारी दिंदै सरकारले धेरै जनमुखी काम गरेको दावी गर्दै कृषी,उर्जालगायतका क्षेत्रमा राम्रा काम भइरहेको बताउनु भयो ।

उहाँले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताउनु भएको छ । वर्तमान सरकारले विद्युतभार कटौतीको अन्त्य गरेको, राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना शीघ्र सम्पन्न गर्न पहल गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, हुलाकी सडक तथा काठमाडौँ–तराई–मधेस द्रुतमार्गजस्ता ठूला आयोजना छिटो सम्पन्न गर्ने पहल गरिएको, छिमेकीसँग सन्तुलित सम्बन्ध विकास गरिएको, २४ वर्षपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेलगायतका कैयौँ उपलब्धि हासिल भएको बताउँदै मन्त्री कार्कीले माओवादी नै यो देश र जनताको भरोसायोग्य शक्ति हो भन्ने पुष्टि भइसकेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्र पथरीशनिश्चरेहसन्द नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुन पार्टीले जित्छ र कुन पार्टीले हार्छ भन्ने कुरा गौण विषय भएको बताउनुभयो । उहाँले अघि भन्नुभयो, ‘तर मुलुकले जित्नुपर्छ, नेपाली जनताले जित्नुपर्छ ।’

माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशीता, समानुपातिक सहभागिता, धर्म निरपेक्षतासहितका एजेण्डा नयाँ संविधानमार्फत् संस्थागत गरिएको बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नुपर्ने बताउनुभयो । संघीयताको जग बसाल्न निर्वाचन जरुरी भएको बताउँदै परिवर्तनका उपलब्धि जोगाउन चाहने सबै स्थानीय निर्वाचनमा सहभागी बन्नुपर्नेमा जोड दिनुभयो ।

माओवादीको एकतामा जोड दिँदै उहाँले अहिले माओवादी पार्टी देशभक्त र जनपक्षीय शक्ति हो भन्ने कुरा राम्रैसँग पुष्टि हुन पुगेको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्र मोरङका संयोजक कुशल लिम्बू, सह संयोजक गणेश उप्रेती, पूर्व सांसद लालबहादुर सुसलिङ मगरलगायतले सम्बोधन गर्नुभएको थियो ।

सो कार्यक्रमका विशिष्ट अतिथि एवम् सांसद जन गायक जेवी टुहुरेले राष्ट्रिय गीत गाएर सहभागिहरुलाई उर्जा प्रदान गर्नुभएको थियो ।

दुईसय बढी माओवादीमा प्रवेश
यसैबीच, विभिन्न पार्टी परित्याग गरी दुईसयबढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसमा संघीय लिम्बुवान पार्टी, संघीय समाजवादी फोरम, नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपालगायतका पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्नेलाई कार्यक्रमका प्रमुख अतिथि सञ्चारमन्त्री सुरेन्द्र कार्की, माओवादी केन्द्र मोरङका संयोजक कुशल लिम्बू, सह संयोजक गणेश उप्रेती, सांसद एवम् जन गायक जेवी टुहुरेले अविर र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

सो अवसरमा नवप्रवेशी सन्तोष सेरेङ लिम्बूले सर्वहारा वर्गको उत्थान र सुकुम्बासी समस्या समाधान गर्ने एकमात्र पार्टी माओवादी भएकोले आफुलगायतको समूह माओवादीमा प्रवेश गरेको बताउनु भयो ।

कार्यक्रम केन्द्रीय सदस्य दिनानाथ तिम्सिनाको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको थियो । उम्मेदवारी घोषणामा माओवादी जिल्लामै पहिलो स्थानीय तह निर्वाचनमा उम्मेदवारी घोषणा गर्नेमा माओवादी केन्द्र पहिलो भएको छ।

माओवादीले पथरीशनिश्चरेहसन्दह नगरपालिकाका प्रमुख र उप प्रमुखको उम्मेदवारी घोषणा गरेर अन्य पार्टीलाई उछिनेको छ । आज मंगलबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सञ्चारमन्त्री सुरेन्द्र कार्कीको उपस्थितिमा पथरीशनिश्चरेहसन्दह नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारी घोषणा गरेको हो । प्रमुखमा जहरमान लिम्बू र उप प्रमुखमा टंकमाया गौतम (राधिका) रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.