Websoft University

स्थानीय तहको निर्वाचन कुनै हालतमा सरदैन :नेता प्रकाशमान



काठमाडौं, बैशाख ५ गते । रातो तारा डट कम,
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वैशाख ३१ गतेलाई तोकिएको स्थानीय तहको निर्वाचनको मिति कुनैपनि हालतमा नसर्ने बताएका छन् ।

उनले संविधान निर्माणमा सहमति जुटेजस्तै स्थानीय तहको निर्वाचनमा पनि दलहरुबीच सहमति जुट्नुपर्ने भन्दै अब देशलाई आर्थिक विकासमा डोहोर्‍याउनुपर्ने बताए ।

लौहपुरुष गणेशमान सिंहको स्मृतिमा निर्माण भएको गणेशमान सिंह स्मृति पार्कको मुलद्वारको हिजो सोमबार जहरसिंहपौवामा उदघाटन गर्दै नेता सिंहले भने, ‘दश महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरुबीच सहमति आवश्यक छ । 

राजनीतिक स्थिरता भयोभने मात्र देश बिकासको गतिमा अघि बढ्न सक्छ । त्यसैले दलहरुबीच सहमति जुटाउनु जरुरी छ ।’
नेता सिंहले नेपालमा भएका हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै अब आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले नै गर्ने स्पष्ट पारे ।

कार्यक्रममा कांग्रेस काठमाडौं जिल्लाका सभापति सबुज बानियाँ, सांसद दीपकप्रसाद कुँइकेल लगायतले पनि बोलेका थिए ।

पार्क निर्माण समितिका अध्यक्ष शंकर तिवारीका अनुसार ०७१ सालदेखि ३०० रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त पार्क निर्माणमा तीन अर्ब लाग्ने जानकारी दिए । 

हालसम्म चार करोड रकम बराबरको काम भइसकेको छ । पार्कभित्र फुटबल मैदान, ब्याडमिन्टन कोर्ट, भलिबल मैदान, भ्यू टावर, पोखरी, हेलिप्याड, गणेशमान सिंहको शालिक, रेष्टुरेन्टलगायत रहने समितिले जानकारी दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.