Websoft University

निजी विद्यालयहरुलाई विद्यार्थी संगठनहरु धम्की


काठमाडौं, बैशाख ५ गते । रातो तारा डट कम-
निजी विद्यालयहरुले विद्यार्थी भर्नाको बहानामा चर्को शुल्क असुलीरहेका बेला प्रमुख विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न भन्दै कार्यदल गठन गरेका छन् ।

नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको सोमबार बसेको संयुक्त बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको
हो । कार्यदलमा नेविसंघका उपाध्यक्ष पुष्प शाही, अनेरास्ववियुका महासचिव ऐन महर र अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङ छन् ।

कार्यदलले शैक्षिक भर्ना लगायतका समग्र समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन उपाय खोजेर सरोकारवाला निकायलाई दबाव दिने अखिल क्रान्तिकारीका उपाध्यक्ष तामाङले बताए ।

नयाँ शैक्षिक सत्रमा निजी विद्यालयहरुले अभिभावकहरुबाट चर्को शुल्क असुलिरहेको गुनासो बढेको छ । त्यसलाई रोक्न माग गर्दै मंगलबार शिक्षामन्त्री धनिराम पौडेललाई ज्ञापन पत्र बुझाउने र शुल्क फिर्ताका लागि ७२ घण्टे अल्टिमेटम दिने तामाङले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.