Websoft University

यातायात व्यवस्था कार्यालयका ५ जना कर्मचारी निलम्बनमा परे

सुनसरी, बैशाख ६ गते । रातो तारा डट कम,यातायात व्यवस्था कार्यालय कोशी सुनसरी इटहरीका प्रमुखसहित पाँचजना कर्मचारीहरु निलम्बनमा परेका छन्। ५६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निलम्बन गरेको छ।

यातायात व्यवस्था कोशी कार्यालयका प्रमुख उपसचिव नयाँराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी, लेखापाल शुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र नायब सुब्बा टिका बास्तोलालाई मन्त्रालय तथा यातायात व्यवस्था विभागले निलम्बन गरेको हो।
मन्त्रालयका सचिव धनबहादुर तामाङले आजका मितिदेखि लागुहुनेगरी उनीहरुलाई निलम्बन गरेका छन्।
सर्वसाधारणबाट उठाइने राजश्वलाई आम्दानीमा नराखी आफै लिएर ५६ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेको देखिएकोले विस्तृत छानविनको लागि निलम्बन गरिएको स्रोतले जानकारी दिएको छ।
आम्दानी र दाखिलामा ठुलो भिन्नता देखिएको र प्रारम्भिक अनुसन्धानको क्रममा कैफियत देखिँदा उनीहरुलाई निलम्बन गरेर विस्तृत छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान अयोगलाई पत्राचार गरिएको स्रोतले बतायो।
कार्यलयका प्रमुख नयराज नेपाल निर्वाचन कार्यक्रममा खटिसकेको भएपनि निर्वाचन आयोगलाई पत्राचार गरेर उनलाई फर्काइएको छ।
विभिन्न शिर्षकबाट उठ्ने राजश्व वर्षौदेखि हिनामिना गरिरहेका उनीहरुलाई कार्यालयको सबैै कामकारबाही गर्न रोक लगाइएको छ।
उनीहरु मिलेर संगठितरुमै रकम हिनामिना गर्नेगरेको पाइएको स्रोतले बताएको छ। निलम्बीतमध्येका लेखापाल शुरेश अधिकारी २ वर्ष अगाडि सरुवा गर्दा पनि रमना नलिएर जवरजस्ती यातायात कार्यलय कोशीमै बसेका थिए।
कार्यालयमा दादागिरी देखाएर बसेका उनी कार्यालयप्रमुखलाई बसमा राखेर बस्नेगरेको बताइएको छ। राजनीतिक दलका नेताहरुको पावर लगाएर कार्यालयका अन्य कर्मचारी तथा माथिल्लो दर्जाका अधिकारीहरुलाई पनि थर्काएर बसेका अधिकारीको व्यक्तिगत सम्पत्ती पनि शंकाको घेरामा परेको छ।
हाललाई प्रारम्भिक अनुसन्धानबाट कैफियत देखिएको तर अख्तियारले विस्तृत अनुसन्धान गरेपछि उनीहरुलाई मुद्दा दायर हुनेछ। ब्लषट अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.