काठमाडौं, बैशाख २७ गते । रातो तारा डट कम-प्रधानन्यायाधिश सुशीला कार्कीले राजइका प्रमुख अंग पूर्वाग्रहबाट निर्देशिन हुन नहुने बताएकी छन् ।
राज्यका प्रमुख अंगहरु कुनै आग्रह वा पूर्वाग्रहबाट निर्देशित हुन नदिनेमा आफू पनि सचेत रहेको समेत उनले स्पष्ट पारिन् ।
साथै आफू संविधान र कानुनले सुम्पिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको बताएकी छन् ।
६५ औं कानुन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधान र कानुनको अन्तिम ब्याख्या गर्ने निकाय न्यायालय भएकाले सोही अनुसारको जिम्मेवारी पूरा गर्न आफू दृढ रहेको पनि उल्लेख गरिन् ।
प्रधानन्यायाधिश कार्कीले न्यायालय आफ्नो सीमाभित्र रहेर जनतालाई न्यायमा पहुँच पुर्याउन लागि परेको पनि स्पष्ट पारिन् ।
उनले राज्यका प्रमुख अंगहरुको सहकार्यबाटै जनताले न्याय पाउने पनि बताइन । प्रधानन्यायाधिश कार्कीले संविधान कार्यान्वयन राज्यको सर्वाधिक महत्वको विषय भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन पनि राज्यका सबै अंगको क्रियाशील भूमिका अनिवार्य रहेको उल्लेख गरिन् ।
उनले राज्यका सबै अंगले आ-आफनो सीमाभित्र रहेर काम गर्नुपर्ने आवश्यक्ता पनि औल्याइन ।
प्रधानन्यायाधिश कार्कीले न्यायालयको यात्रा चुनौतिपूर्ण रहेको समेत बताइन । उनले जनतालाई न्याय दिलाउन राजनीतिक दलहरुको इच्छा शक्तिको आवश्यक्तामा पनि जोड दिइन ।
प्रधानन्यायाधिश कार्कीले संवैधानिक सर्वोच्चताको सिद्धान्त अनुसार न्यायालय अघि बढने पनि बताइन ।
Post a Comment