विराटनगर,जेठ ९ गते । रातो तारा डट कम-मन्त्री परिषदको निर्णयबाट विराटनगर र वीरगञ्ज महानगरपालिका घोषणा गरिएको छ ।
हिजो सोमबार साँझ बसेको मन्त्री परिषदको बैठकले बुढीगंगा गाउँपालिकाको टंकीसिनवारी सबै क्षेत्र साविक ३ वटा वडा र जहदा गाउँपालिका वडा नम्बर ३ साविक भाथिगछ ६ वटा वडा विराटनगर महानगरपालिकामा समाहित हुने भएका हुन ।
क्षेत्र मिलाउने विषयमा मन्त्री परिषदको बैठकमा अहिले पनि छलफल चलिरहेको काँग्रेसका सांसद अमृत अर्यालले जानकारी दिए । महानगरमा आएको भातिगछ क्षेत्र सांसद अर्यालकै निर्वाचन क्षेत्र हो । अर्यालले भने,‘विराटनगर निकै संघर्षपछि महानगर बन्न सफल भएको
छ । यसको ऐतिहासिक महत्व फेरि पुष्टि गर्न हामी सफल भएका छौं ।’
विराटनगर महानगरपालिका सँगै वीरगञ्ज पनि महानगरपालिका घोषित भएको छ । विराटनगरलाई महानगर बनाउन नागरिकस्तरबाट समेत माग हुँदै आएको थियो । दुबै उपमहानगरलाई महानगर बनाउन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको कार्यदलले सिफारिस गरेको थियो ।
Post a Comment