काठमाडौं, जेठ ६ गते । रातो तारा डट कम-नुवाकोटको पञ्चकन्या गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । उपप्रमुख भने कांग्रेसले जितेको छ ।
पञ्चकन्या गाउँपालिकाका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार, माओवादी केन्द्रका तेजबहादुर तामाङ (रमेश) २ हजार ९ सय ६२ मतका साथ विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका रामेश्वर थापालाई २ हजार ८ सय ५४ मतमा रोके ।
उपप्रमुखमा भने कांग्रेसकी सीता खड्का पराजुलीको पल्लाभारी भएको छ । पराजुली माओवादी केन्द्रकी प्रकृति रिजाललाई पराजित गर्दै जित दर्ता गराउन सफल भएकी
हुन् । पराजुलीले २ हजार ७ सय ९३ सय मत ल्याउँदा रिजालको २ हजार ५ सय ७८ मा रोकिएकी थिइन् ।
५ वडा रहेको यो गाउँपालिकाको ३ वडा माओवादीले जितेको छ भने कांग्रेस र एमालेले १–१ वडामा विजय हासिल गरेका छन् । वडा १, ४ र ५ मा माओवादी, २ मा एमाले र ५ मा कांग्रेसले जितेको हो ।
अब नुवाकोटको बेलकोटगढी नगरपालिकाको मतगणना मात्रै बाँकी छ । नुवाकोटबाट पत्रकार रामहरि न्यौपानेले दिएको जानकारी अनुसार, बेलकोटगढीमा निरन्तर अग्रता कायम गर्दै आएको माओवादी मेयर उम्मेदवारलाई एमालेले पछि पारेको छ । एमालेका मेयर उम्मेदवारले ५८४९ मत ल्याउँदा माओवादीका उम्मेदवार ५७८३ मतका साथ पछ्याइरहेका
छन् । उपमेयरमा भने माओवादीकी कविता ढुंगनाको अग्रता छ । ढुंगानाले ६०३३ मत ल्याउँदा एमालेकी उम्मेदावरले ५७९३ मत पाएकी छन् । अनलाइन बाट
Post a Comment