बिराटनगर बैशाख २८ गते । रातो तारा डट कम-मोरङका सोराभागका स्थानीय विराट पोल्ट्री फर्मबाट निस्केको झिंगा र दुर्गन्धका कारण मानिसहरू आजित भएका छन् ।
आम जनताको जनजीवन र वातावरण प्रभावको समेत मूल्याङ्कन नगरी स्थापना गरिएको उक्त फर्मका कारण स्थानीय बासिन्दाहरूको स्वास्थ्य हाल जोखिममा परेपछि उनीहरुले २४ घण्टे त्यही फर्मको अगाडि हिजोबाट धर्नामा बसेका छन् ।
त्यहा प्रदुषण र झिंगा उन्मूलन संघर्ष समिति नै बनाई चैत ३१ गतेदेखि विभिन्न माग राखि आन्दोलन गर्दे आएका छन ।
पीडितहरूले सम्बन्धीत सरोकारवाला निकायमा समस्या समाधानको पहल गर्न उजुरी गरेको भए पनि सुनुवाइ नभए पछि पोल्ट्री फर्मको मूल गेटमा धर्नामा बसेको कुरा हिजो पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
२२ बिगाहा क्षेत्रफलमा फैलिएको पोल्ट्री फर्मबाट निस्केको दुर्गन्ध र झिंगाका कारण गाउँमा बस्नै नसक्ने अवस्था सिर्जनाभएपछि उनीहरुले संघर्ष समिति बनाई आन्दोलनका विभिन्न कार्यक्रम गर्दे आएको कुरा पत्रकार सम्मेलनमा बताएका छन।
उनीहरुले पोल्ट्री फर्मका कारण खान, बस्न नसकिने भन्दै स्थानन्तरण वा तु. बन्दको सम्बन्धित निकाय सग गरेका छन्
Post a Comment