Websoft University

सडकमा सोलार जडान गरेपछि रात्रीको समयमा काठमाडौ झिलिमिली हुदै


काठमाडौं, बैशाख २९ गते । रातो तारा डट कम-अब काठमाडौं महानगरपालिकाका सडकमा बत्ती नबाली गाडी चलाउन सकिने हुने भएको छ । महानगरपालिकाभित्रको सडकमा सोलार जडान गरेपछि रात्रीको समयमा सबारीको लाइटमा भर परेर सबारी चलाउनु पर्ने बाध्यता हट्ने भएको 
हो ।
महानगरपालिकाको सडक झिलिमी बनाउनका लागि बिके ट्रेडर्स एण्ड सप्लायर्सले १२ सय ८५ वटा सोलार प्यानल काठमाडौंका सडकमा जडान गरिरहेको छ ।
सोलार बत्तीले महानगरपालिका झिलिमिली बनाउन लागिएको काठमाडौं महानगरपालिकाको योजना अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

‘काठमाडौंका सडकलाई उज्यालो बनाउन सोलार बत्ती राख्न लागिएको हो, सडक उज्यालो भएमा रात्रीको समयमा हुने अपराधमा कमि आउनुका साथै शहर सुन्दर देखिने छ,’ घिमिरेले भने ।

सार्वजनिक निजी साझेदारी अन्तरगत सप्लायर्सले २०७३ कात्तिकदेखि सडकमा जडान गरिरहेको छ । सोलार प्यानलको लागत २४ करोड ३७ लाख रुपैयाँ छ ।
सार्वजनिक निजी साझेदारी अन्तरगत सप्लायर्सले २०७३ कात्तिकबाट सौर्य बत्ती जडान गर्ने स्वीकृति पाएको र आगमी मंसिरसम्म जडान कार्य सम्पन्न गर्नुपर्ने शर्त राखिएको अधिकृत घिमिरेले जानकारी दिए । यसरी जडान गरिएका सडक बत्ती अबको १० बर्षपछि महानगर अन्तरगत आउने ब्यवस्था गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.