अर्जुन जम्नेली राई-पथरी, मोरङ, जेठ ९ गते । रातो तारा डट कम-नेकपा (माओवादी केन्द्र)को मेरङ बेलबारी नगरपालिका को लागि मेयर पदमा पार्टीले तिलकप्रसाद राईलाई उमेदवारी उठाउने भएको छ ।
पार्टीको नगरसमितिको आज(सोमबार) बसेको बैठकले राईलाई उमेदवारी उठाउने निर्णय गरेका नगर इन्चार्ज बिनितिा घिमिरे(सामना)ले बताए । उमेदवारी
उमेदवार तिलकप्रसाद राई पार्टीको केन्द्रीय सदस्य, नगर संयोजक तथा पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष हुन । राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खाको केन्द्रीय उपमहासचिव र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको अध्यक्ष समेत हुन ।
पार्टीले बेलबारी नगरको लागि उपमेयरमा शुसीला भट्टराईलाई उठाउने भएको छ । त्यसैगरी द्द देखि ११ नम्बर वडा अध्यक्षहरुमा क्रमस .रणजित गुरुङ, प्रकाश मादेन, रामकुमार राई, ध्यानबहादुर बन, केबल राई, उर्मिला राई, प्रभाकर राजवंशी, नगेन्द्र खड्का, धुर्ब महत, बिरेन्द्र खाति चयन गरेको छ । वडा नम्बर १ को अध्यक्षको उमेद्वार भने केही दिनपछि निर्णय हुने सो पार्टीले जनाएको छ ।
उठाउने निर्णय भएको इन्चार्ज सामनाले बताए । एमाले कांग्रेसबाट भने मेयर लगायतको उमेदवारी तोकि सकेका
छैनन् ।
Post a Comment