Websoft University

स्थानीय निर्वाचनमा महिला सहभागिता विषयमा बहस



अमृत बास्तोला- तेह्रथुम,बैशाख, ३०  गते । रातो तारा डट कम-तेह्रथुमको आठराई गाउँपालिका स्थित सक्रान्तिबजारमा स्थानीय तहको निर्वाचनमा महिला सहभागिता बिषयक सार्वजानिक बहस कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानीय निर्वाचनमा महिलाको भूमिका, सहभागिता, राजनीतिक दलहरुको चुनावि तालमेल, महिलाहरु माथिको राजनीतिक हस्तक्षेप लगायतका विषयमा कार्यक्रमका सहभागिहरुले टिपणी गरेका थिए ।

सहभागिले उठाएका सवालहरुलाई नेपाली काँग्रेसको तर्पmबाट सभाषद् गणेश बिमली र नेपाली काँग्रेस आठराई गाउँपालिका संयोजक भोलानाथ काफ्ले, नेकपा एमालेको तर्पmबाट नेकपा एमाले आठराई गाउँपालिका संयोजक भिमप्रसाद घिमिरे, एकिकृत नेकपा माओवादीको तर्पmबाट एकिकृत नेकपा माओवादीका आठराई गाउँपालिका संयोजक चिन्तन बरालले जवाफ दिएका थिए ।

क्षेत्रिय महिला अधिकार मंच आठराईको आयोजनामा भएको कार्यक्रमको सहजिकरण रेडियो मितेरी पाँचथरका अध्यक्ष लक्ष्मी गौतम र स्टेसन मेनेजर खविन लुइटेलले गर्नु भएको थियो । देउराली सोसाईटी तेह्रथुमको आर्थिक सहयोगमा संचालित कार्यक्रम क्षेत्रिय महिला अधिकार मंच आठराईका अध्यक्ष देविमाया भुजेलको सभापतित्वमा सम्पन्न भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.