काठमाडौं,वैशाख, २३ गते । रातो तारा डट कम-स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरुको सूची बनाएर प्रहरीले उनीहरुमाथि निगरानी सुरु गरेको छ ।
महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरुको सूची नै पठाएर निगरानीमा राख्न निर्देशन दिएको हो ।
महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध शाखासहित काठमाडौं, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित बिहीबार परिपत्र गरेको हो । परिपत्रमा केही पुराना गुन्डा नाइकेहरुको भने नामनै नभएको र अधिकाँस नयाँ रहेको
प्रहरीले जनाएको छ।
Post a Comment