सुनसरी जेठ १ गते । रातो तारा डट कम- धरानमा करिब १३ करोडको लागतमा सुबिधा सम्पन्न होटल आइतबारदेखि ‘होटल इजी राइडर्स’ सञ्चालनमा आएको छ । धरानमा यति धेरै लगानीमा खुलेको यो पहिलो होटल हो ।
जहाँ ‘स्वीट रुम, डिलक्स रुम र स्टान्डर्ड रुम’ हरु रहेका
छन् । आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि यो होटल विशेष हुन सक्छ । होटलको उद्घाटन इजि राइडर्स विजनेस प्रालिका परिकल्पनाकार संस्थापक चन्द्र खापुङहाङले उद्घाटन गरे ।
होटलमा १९ वटा रुमहरु रहेका छन् । ५ सय अट्न सक्ने क्षमताको सेमिनार हल छ भने ३ सय जना अट्न सक्ने क्षमताको रेष्टुरेन्ट रहेको छ । त्यस्तै आउटडोर पार्टीका लागि छुट्टै व्यवस्था रहेको छ ।
जहाँ एक हजार भन्दा माथि मानिषहरु अट्न सक्ने क्षमता रहेको छ । कम्पनीले हाल १६ वटा सहायक व्यवसायहरु सञ्चालन गरेको प्रालिका अध्यक्ष लोक खापुङहाङले बताए।
पानी उद्योग पनि
प्रालिले धरानबाट पानी उद्योग पनि सञ्चालनमा ल्याएको
छ । धराने पिउने पानी नाम राखिए पनि उक्त पानी प्रालि अन्तर्गतबाटै उत्पादन हुने गरेको छ । उद्योगको आइतबार नै उद्घाटन गरिएको छ ।
ढेड करोडको लागतमा निर्माण गरिएको उद्योगले ५ सय एमएल, २ सय ५० एमएल र एकसय एमएलका बोतलहरुमा बजारमा गइरहेका छन् । २ सय मिटर भन्दा मुनी पम्पबाट निकालिएको पानीलाई उद्योगको रुपमा सञ्चालन गरिएको हो । धरानमा यो नै पहिलो पानी उद्योग हो । ब्लाष्ट बाट
Post a Comment