Websoft University

रम पम चाउ चाउ र पशुपति खाद्यको खाने तेलमा अखाद्य बस्तु भेटियो


यो चाउ चाउ खानु हुँदै?

सुनसरी-इनरुवा,बैशाख २९ गते । रातो तारा डट कम-
मुलुककै प्रतिष्ठित तयारी खाद्य पदार्थ चाउचाउ उत्पादन गर्ने एशियन थाई फुडले उत्पादन गरेको विभिन्न ब्राण्डका चाउचाउ र पशुपति खाद्य तेल उद्योगले उत्पादन गर्ने तेलमा अखाद्य पदार्थ पाईएको छ ।


एसियन थाईफुडले रमपम लगायतका चाउ चाउ उत्पादन गर्ने गर्दछ । जसमा एसिड भ्यालु र पेरोक्साईड भ्यालु मापदण्ड भन्दा बढी पाईएको छ ।

खाद्य निरिक्षकले हालै जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता गराएको न्यून गुणस्तरको उत्पादन सम्बन्धी निवेदनमा चाउचाउमा एसिड भ्यालु १ प्रतिसत भन्दा बढी हुन नहुनेमा बजारमा पाईएका सो कम्पनीका उत्पादनहरुमा १ दशमलब ८८ सम्म पाईएको छ भने पेरोक्साईड भ्यालु १० मिलि भन्दा बढी नहुनु पर्नेमा ३२ दशमलब १८ मिलिसम्म पाईएको उल्लेख छ ।

चाउचाउमा एसिड भ्यालु मापदण्ड भन्दा बढी हुँदा त्यसले ग्यास्टिक लगायतका रोग भित्र्याउने सम्भावना रहेको खाद्य निरिक्षक रमेश दाहालले जानकारी दिए ।
सो कम्पनीका उत्पादन विरुद्ध यसअघि पनि यसै प्रकारको मुद्दा दायर गरिएको थियो जसमा जिल्ला प्रशासन कार्यालय सुनसरीले ५ हजार रुपैया जरिवानको फैसला सुनाएको
थियो ।

त्यसैगरी पशुपति खाद्य तेल उद्योग सोनापुरले उत्पादन गरेको सूर्यमुखि तेलमा रिप्रयाक्टिभ इन्डेक्स १ दशमलब ४६३ र पेरोक्साईड भ्यालु १८ दशमलब ०७९, आयोडिन भ्यालु १२१ दशमलब ४४ पाईएको छ । जसमा पेरोक्साईड १० मिलि भन्दा बढी हुन हुँदैन ।

भटमासको तेलमा पेरोक्साईड २३ दशमलब ८ पाईएको छ भने बनस्पति घ्यूमा एसिड भ्यालु १ हुनु पर्नेमा १ दशमलब ४ पाईएको छ ।

पेरोक्साईड मापदण्ड भन्दा बढी हुँदा त्यसले तेलमा पानीको मात्रा बढाउने र तेललाई उपयोगहिन बनाउने गर्दछ ।
त्यसैगरी न्यूनगुणस्तरको उत्पादनको आरोपमा मुद्दा चलाईएका कम्पनीहरुमा भुटानको लगानीमा सुनसरीको इटहरीमा सञ्चालित रिजाल टासीका उत्पादनहरु पनि छन ।

सो कम्पनीले गरेको डुक ब्राण्डको लेमन र आरेन्ज स्क्वायसमा बाह्य अखाद्य कालो पदार्थ भेटिएको छ ।
एचबीबी फुड सप्लायर्सको मकैको पिठो लगायतका उत्पादन, विमल फुडको उत्पादन मटर फ्राई, दालमोट र भुजियामामा उत्पाद मिटि, ब्याच नम्बर, लेबलमा उल्लेख गर्नु पर्ने विषयहरु उल्लेख नगरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

ओम वाटर इन्टस्ट्रिज इटहरी ८ र कोशी जल उद्योग इनरुवा ५ को खानी पानीमा ६ दशमलब ५ देखि ८ दशमलब ५ सम्म पीएच भ्यालु हुनु पर्नेमा त्यो भन्दा कम भएको पाईएको भन्दै मुद्दा दायर गरिएको छ ।

त्यसैगरी मंगल खाद्य उद्योग इटहरी ७ ले उत्पादन गरेको मसला जन्य पदार्थमा अम्लमा नघुल्ने भस्म १ प्रतिसत भन्दा बढी नहुनु पर्नेमा १ दशमलब ७६ प्रतिसत पाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.