Websoft University

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केराबारीमा वसन्तकुमार श्रेष्ठ


युवराज ठकुरी ,केराबारी,मोरङ,जेठ ५ गते । रातो तारा डट कम-नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केराबारी गाउँपालिका स्तरीय कमिटी बसन्तकुमार श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन भएको छ।

जेठ २गते मच्छिन्द्र मावि केराबारीमा भएको भेलाले श्रेष्ठलाई सर्वसम्मतले संयोजकमा चयन गर्दै कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो।

साविक ईलाका १० अन्तर्गत गाविस स्तरीय साङ्गठानिक कमिटीको प्रतिवेदन प्रस्तुत गर्दै उक्त कार्यक्रम औपचारिक शुरु भएको थियो।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समन्वय समिति मोरङका अध्यक्ष धर्मानन्द खरेलको प्रमुख आतिथ्यता र कोषाध्यक्ष बलराम पोखरेलको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा अतिथिहरु स्रोत व्यक्ती बिन्दुकुमार लावती, शिक्षक युनियन केन्द्रिय प्रतिनिधि खगेन्द्रप्रसाद सुवेदी,नेकपा एमाले केराबारी गाउँपालिका संयोजक शान्ती भुजेल,मोरङ जिल्ला निवर्तमान सभापति खड्गबहादुर बस्नेत लगायत केराबारी गाउँपालिका भरिका विद्यालयहरुबाट ९०/९५जना शिक्षकहरुको उपस्तिथि रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.