काठमाडौं, जेठ १ गते । रातो तारा डट कम-धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
गएराति भएको झडपमा एमालेका तीन कार्यकर्ता गम्भीर घाइते भएका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा आइसकेको भन्दै कांग्रेसका कार्यकर्ताले गएराति आक्रमण गरेको एमाले कार्यकर्ता भिमबहादुर थापाले जनाएका छन् ।
कांग्रेसको वडा अध्यक्षको उम्मेदवार हस्तबहादुर थापा मगरको नेतृत्वको टोलीले गरेको आक्रमणमा परि एमाले कार्यकर्ताहरु ललित थापा मगर, गणेश थापा मगर र राजेन्द्र थापा मगरलाई गम्भीर घाइते भएका छन् ।
झडपका क्रममा कांग्रेस कार्यकर्ता मिलन भन्ने धनबहादुर मगर पनि घाइते छन् । घाइतेहरुलाई हिजैराति धादिङ बेसीबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको छ ।
कांग्रेस कार्यकर्ताले खुकुरी, रड, तरबार जस्ता घरेलु हतियार प्रयोग गरी आक्रमण गरेको पीडितले बताएका छन् ।
Post a Comment