विराटनगर जेठ, ९ गते मंगलवार । रातो तारा डट कम-प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले जेठ–३१ हुन लागेको दोश्रा चरणको स्थानिय तहको निर्वाचनलाई लंक्षित गर्दै निर्वाचन आयोगले निर्वाचन सम्वन्धी काम अगाडी वढाइ रहेको वताउनु भएको छ ।
क्षेत्रिय निर्वाचन कार्यालय विराटनगगरले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रमुख निर्वाचन आयुक्त डाक्टर यादवले सरकारले स्थानियतहको शख्या थप गरेपनी त्यही अनुसार तयारी गरेर तोकिएकै मितिमा निर्वाचन गराउन आयोग प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रमुख आयुक्त यादवले थप गरिएका महानगरपालीका तथा स्थानिय तहका निर्वाचन आयोगले रातदिन कर्मचारी परिचालनगरी निर्वाचन सम्वन्धि प्राविधिक र व्यवस्थापकिय काम सम्पन्न गर्ने वताउनुभयो ।
उहाले थप गरिएको स्थानिय तहमा नया मतदाता नामावली तयारी लगायत निर्वाचन सम्वन्धी सवै काम सम्पन्नगर्न केही चुनौती भएपनी चुनौतीको सामना गरेर भएपनी आयोगले आफनो जिम्मेवारी पुरागर्ने बताउनुभयो ।
उहाले सरकार परिवर्तन, स्थानिय तहको शख्या थपगढ गर्ने तथा महानगर उप–महानगरपालिका घोषणागर्ने कुरा नितान्त राजनितिक विषय भएकाले यस्ता कुरामा आचारसंहिता लागु नहुने वताउनुभयो ।
Post a Comment