Websoft University

नाला निर्माणको काम विवादमा परो


फाएल फोटो,
विराटनगर,बैशाख २२ गते । रातो तारा डट कम-विराटनगर उपमहानगरपालिका ४ र ५ को सीमाना हुँदै निर्माण गर्न लागिएको नालाको काम विवादमा परेको छ ।

गणेशचौकदेखि पुलचौक सम्म अढाई किलोमिटर नाला निर्माणको काम विवादमा परेको हो । मझौला शहरको वातावरणीय तथा एकीकृत विकास परियोजना अन्तर्गत एडीबीको सहयोगमा कालिका कन्सट्रक्सनले सर्भे सकेर नाला निर्माणको काम सुरु गरेको छ ।

 काम सुरु भए लगत्तै स्थानीय बासिन्दा विरोधमा उत्रिएका
छन् । वैज्ञानिक हिसावमा नाला निर्माणको काम नभएको र परियोजनाले मनलाग्दी हिसावमा काम गरेको आरोप स्थानीयको छ । उनीहरुले साविकको सडक ‘क्लियर’ गरेर मात्र नाला निर्माण गर्न आग्रह गरिरहेका छन् ।

स्थानीय केदार घिमिरेले साविकको सडक ‘क्लियर’ गरेर दुईतर्फी नाला निर्माणको काम गर्नु पर्नेमा पक्की सडकलाई आधार बनाएर काम सुरु गरिएपछि काम विवादमा परेको बताउनु भयो ।

‘सडक ‘क्लियर’ गरेपछि नपुगेमा दुईतर्फी अतिक्रमण गर्न दिन स्थानीय मञ्जुर छन्,’ उहाँले भन्नु भयो, ‘तर स्थानीयको मर्म र भावना विपरित पक्की सडकको बीच भागलाई मात्र आधार मानेर काम सुरु गरिएको छ ।’

घिमिरेका अनुसार स्थानीय बासिन्दाको मर्म र भावना विपरित काम सुरु गरिएपछि विवाद उत्पन्न भएको हो उपमहानगर पालिका भित्र २५ मिटर चौडाईको सडक हुनु पर्ने मापदण्ड
छ । त्यही मापदण्ड अनुरुप परियोजनाले पक्की सडककोबीचबाट दुबैतर्फ १२ दशमलव पाँच मिटर सडक निकालेर दुईतर्फी नाला निर्माणको काम गर्न थालेको परियोजनाका इन्जिनियर भरत न्यौपानेले बताउनु भयो ।

नाला निर्माणका क्रममा सडकको मापदण्डमा परेका संरचना भत्किने जानकारी दिंदै न्यौपानेले भन्नु भयो, ‘कसैको विरोध र अवरोधले काम रोक्न मिल्दैन । काम रोकियो भने सबै विकास निर्माण नै रोकिन्छ ।’ उहाँका अनुसार असार मसान्त भित्र निर्माण सम्पन्न गर्नु पर्ने भएकाले दु्रत गतिमा काम सुरु गरिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.