मोहन राई-संखुवासभा,जेष्ठ ६ गते । रातो तारा डट कम-संखुवासभा,चैनपुर नगरपालिका स्थित शारदा मावि पोखरीमा जुनिय तथा युवा रेडक्रस सर्कलको उपशा स्तरीय १६ औंगोष्ठी सम्पन्न भएको छ ।
उपशाखा रेडक्रस सर्कल चैनपुरको अध्यक्ष टिकाराम शाहीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम शारदा मावि पोखरीको आयोजनामा संचालन भएको उक्त गोष्ठीको सभापतित्व आयोजक विद्यालयका जुनियर रेडक्रस सर्कलका अध्यक्ष सविन प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा उपशाखा चैनपुर क्षेत्रका विद्यालयहरुका युरेस तथा जुरेस प्रतिनिध, विद्यार्थी एवं शिक्षक नायक, रेडक्रसकर्मी, व्यवस्थापन समितिका अध्यक्ष कर्मारिन्जे शेर्पा, लगायतको उपस्थिति रहेको सो कार्यक्रममा शारदा माविका युरेस शिक्षक नायक चन्द्रप्रसाद तामाङ्गले शुभकामना मन्तव्य दिनुभएको थियो भने उपशाखा भरीका रेडक्रस गतिविधिका बारेमा उपशाखाका सचिव नरबहादुर अधिकारीले वताउनु भएको थियो ।
१६ औं गोष्ठीले उपशाखाभित्रका युरेस तथा जुरेसले गरेको वार्षिक गतिविधि गायन, हाजिरीजवाफ, कथा, निवन्ध लेखन, वतृत्वकला, चित्रकला लगायतको आधारमा विद्यालयहरु प्रथम, द्धितीय, र तृतीय स्थानमा छनौट भएका थिए ।
उत्तकृष्ठ विद्यालयहरुमा क्रमश शारदा मावि पोखरी, सरस्वती मावि मैदाने, सिंहदेवी मावि नुनढाकी रहेको आयोजक विद्यालयका प्रअ एवं सर्कल संरक्षक अमृतबहादुर कार्कीले वताउनुभयो । उत्तकृष्ठ शिक्षक नायक शारदा माविका अमृतबहादुर खुलाल छनौटमा परेका थिए ।
छनौटमा परेका विद्यालय साथै उत्कृष्ठ विद्याय उत्कृष्ठ शिक्षक नायक लाई नगद पुरस्कार तथा प्रमाण पत्रले सम्मान गरिएको सञ्चारकर्मी मोहन राईले जनाएको छ ।
Post a Comment