काठमाडौं, जेठ ३ गते । रातो तारा डट कम-नेपाली कांग्रेस र राजपा नेपालको संयक्त बैठक बसीरहेको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको छ ।
बैठकमा बिहीबार बस्ने संसद बैठक, संविधान संशोधन प्रक्रिया, स्थानीय चुनाव लगायतका समसामयीक राजनीतिक अवस्थाबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् ।
पहिलो चरणको स्थानीय चुनावमा सहभागी नभएको राजपा दोस्रो चरणको चुनावमा भने सहभागी हुन सकारात्मक देखिएको छ । त्यसकालागि संविधान संशोधन गर्नुपर्ने राजपाको सर्त छ । nepali news bat
Post a Comment