Websoft University

निर्माणधीन रंगेली बसपार्कमा ठेकेदारले कमसल इट्टा, सामाग्री प्रयोग गरेको भन्दै स्थानिय बासीन्दाले व्यापक विरोध गर्दै छन




रबिन्द्र बराल -रंगेली,जेठ १२ गते । रातो तारा डट कम-स्थानिय बासिन्दाहरुको विरोध पश्यात रंगेली बसपार्क निमाणका लागी ल्याएको कमसल सामाग्री फिर्ता भएको
छ ।
 

नेपाल सरकारको ९६ लाख र रंगेली नगरपालीकाको संयुक्त लगानीमा निर्माणधीन रहेको बसपार्कमा ठेकेदारले कमसल इट्टाको प्रयोग गर्न खोजे पछी स्थानिय बासीन्दाहरुको विरोध पश्यात इट्टा फिर्ता हुने भएको छ ।

 असार मसान्त भित्रमा निर्माण गरिसक्ने गरी ठेक्का पाएको श्रेष्ठ कन्ट्रक्सन विराटनगरले १ करोड ६ लाखमा ठेक्का पाएको छ ।

ठेकेदारले बसपार्क निर्माणको क्रममा सिराह बाट कमसल गुणस्तरको इट्टा ल्याएपछी स्थानिय बासिन्दाहरु इट्टाकोे गुणस्तर देखेर नगरपालीका लाई खवरदारी गरेपछी विहिबार नगरपालीका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद रेग्मी, इन्जीनियर श्याम सुन्दर सिंह सहितको टोलीले बसपार्कको स्थलगत अनुगमन गरी कमसल इट्टा प्रयोग गर्न ल्याएको देखेर ठेकेदारलाई सो इट्टा प्रयोग नगर्न सचेत गराएपश्यात सो इट्टा फिर्ता हुने भएको हो ।

स्थानियबासी मोसिम आलमका अनुसार नगरपालीका संग सम्झौता भएअनुसार १ नम्बर इट्टा प्रयोग नगरी ठेकेदारले गुणस्तरहीन कमसल इट्टा प्रयोग गरेकाले आरोप लगाउदै विरोध गर्नुपरेको बताए ।

ठेकेदारले बसपार्क निर्माणको क्रममा पुरानो टहरा भत्काउदा निस्कीएको इट्टा समेत प्रयोग गरेको स्थानियबासीले आरोप लगाएका छन् ।

रंगेली नगरपालीकाले अनुगमन गर्ने क्रममा स्थानियबासीहरुले पुरानो टहराको प्रयोग गरेको इट्टा समेत उखालेर फालेका थिए।

स्थानियबासी भुवन रायका अनुसार गाऊबासीमा निर्माण सामाग्री प्रति चित्त नबुझेकाले ठेकेदारको कमि कमजोरी स्पष्ट देखीएको बताउदै सम्झौता अनुसार काम नभएको आरोप लगाए ।

स्थानियबासी नइम आलमका अनुसार आफुहरु विकाश कार्यको विरोधी नभई गुणस्तरीय कामको पक्षमा रहेकाले निर्माणको क्रममा गुणस्तरहिन काम भईरहेकाले विरोध गरेको बताए ।

रंगेली नगरपालीका इन्जीनियर श्यामसुन्दर सिंहले अनुगमन पश्यात कमसल इट्टा प्रयोगका लागी ल्याईएको देखिएकाले सो इट्टा प्रयोग नगर्न ठेकेदारलाई सचेत गराईको बताए ।

यता श्रेष्ठ कन्ट्रक्सन विराटनगरका ठेकेदार राम प्रसाद श्रेष्ठले अर्को इट्टा ल्याएर काम सुचारु गर्ने बताउदै पुरानो टहराको इट्टा प्रयोग गरेको विषयमा आफु बेखवर रहेको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.