काठमाडौं, बैशाख ३१ गते । रातो तारा डट कम-भक्तपुरको गठ्ठाघरमा भेटिएको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ । अज्ञात समूहले सडक किनारमा राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय गरेको हो । त्यसक्रममा सडक खाली गराइएको थियो ।
यसैगरी नेकपा एमालेका तर्फबाट मध्यपुरथिमि नगरपालिका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठको घरको आँगनमा पनि सकेट बम फेला परेको छ ।
आज बिहान ५ बजे कालो झोलाले बेरेर ‘खतरा’ लेखेर राखेको अवस्थामा भेटिएको सकेट बम सेनाको टोलीले निस्त्रिmय गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।
बम राख्ने समूहको पहिचान भएको छैन ।
Post a Comment