काठमाडौं, जेठ १० गते । रातो तारा डट कम-नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार सत्ता हस्तान्तरण प्रयास गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल अन्तिममा रोकिएकाे विषयलाई सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले छापेका छन् ।
पत्रपत्रिकाहरुले दोस्रो चरणको निर्वाचनदेखि बूढीगण्डकी चिनियाँ निर्माण कम्पनीलाई दिनेसम्मका खबरलाई विशेष प्राथमिकताका साथ लेखेका छन् ।
गोरखापत्र दैनिकले प्रमुख दलबीच सहमति जुटाउन संसद् बैठक स्थगित भएको लेखेको छ । गोरखापत्रमै भूकम्पपीडितलाई निर्व्याजी ३ लाख ऋण दिन लागिएकोदेखि थपिएको स्थानीय तहमा निर्वाचन चुनौतीपूर्ण बनेकोसम्मका सामग्री प्रकाशित छन् ।
कान्तिपुर दैनिकले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा प्रचण्डकै निरन्तरता चाहेको लेखेको छ ।
प्रधानमन्त्रीको राजीनामा रोकिएको विषयलाई मुख्य खबर बनाएर छापेको नागरिक दैनिकले दोस्रो चरण निर्वाचनमा मधेसवादी दल र कांग्रेसबीच तालमेल गर्नेबारे छलफल तीव्र बनेको जनाएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकमा नेताहरुको भनाभनले संसद् बैठक स्थगित भएकोलगायतका खबर छन् ।
Post a Comment