काठमाडौं, जेष्ठ १ गते । रातो तारा डट कम-प्रमुख विपक्षी नेकपा एमालेले दोलखा जिल्लाका अधिकांश मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै सहयोगमा सत्तारुढ गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुनः मतदानको माग गरेको छ ।
मतदान सम्पन्न भएपछि एमाले महासचिव ईश्वर पोखरेल र सचिव योगेश भट्टराईले फेसबुक लाइभमार्फत तामाकोशी र बैत्यश्वर गाउँँपालिकाका आधा दर्जनभन्दा बढी मतदान केन्द्रमा पुनःनिर्वाचनको माग गरेका हुन् ।
महासचिव पोखरेलले भने- ‘दोलखामा धेरै ठाउँमा मतदातालाई मतदान गर्नबाट बञ्चित गरी सत्तापक्षले कब्जा गरेको छ । एमालेका उम्मेदवारले सुरक्षा माग्दा सुरक्षाकर्मीले उल्टै बुथ कब्जा गर्न सघाएका छन् ।
त्यहाँका सिडिओ र डीएसपी अत्यन्त उद्दण्ड ढंगले प्रस्तुत भएकाले हामी गम्भीर बनेका छौं । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने सन्दर्भमा उनीहरुको भूमिका सकारात्मक रहेन ।’
दोलखाको घटनाबारे आफूले प्रमुख निर्वाचन आयुक्तसँग कुरा गरेको र पुनः मतदानका लागि ध्यानाकर्षण गराएको पोखरेलले बताए ।
‘गोली चलाएर हत्या गरिएको छ, बाहिरबाट लगिएका पेशेवर गुण्डाहरुबाट बन्दूक लगायत घरेलु हतियारबाट उम्मेदवार र मतदातामाथि आक्रमण गरेर लेखेटिएको छ’ पोखरेलले भने निर्वाचन आयोगले यो कुरा बुझेर प्रक्रियासँगत ढंगले पुन मतदान गराउनुपर्छ,नत्र स्वीकार्य छैन ।’
एमालेले निर्वाचन आयोगको भूमिकामाथि समेत अशन्तुष्टि जनाएको छ । आयोग निरीह र लाचार देखिएको महासचिव पोखरेलले बताए ।
उनले भने- ‘हामी निर्वाचन आयोगको इन्टिगि्रटीमाथि प्रश्न उठाउन चाहादैनौं, तर आयोगको भूमिका यो भन्दा शसक्त हुनुपथ्र्यो ।
Post a Comment