भरतपुर, बैशाख २८ गते । रातो तारा डट कम-कांग्रेस माओवादी गठबन्धन र एमालेले आज चितवनमा चुनावी सभा आयोजना गरेका छन् । कांग्रेस-माओवादीले संयुक्त रुपमा केन्द्रीय बस टर्मिनलमा र एमालेले एक्लै नारायणगढको पोखरा बसपार्कमा चुनावी सभा आयोजना गरेका छन् ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहीबार बिहान चितवन आएका छन् ।
चितवनको भरतपुर महानगरपालिकाको मेयर पदको निर्वाचनलाई तीनवटै दलले प्रतिष्ठाको विषय बनाएका छन् । कांग्रेस र माओवादी गठबन्धनबाट मेयर पदको उम्मेदवार प्रचण्डपुत्री रेणु दाहाल छिन् भने उपेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छिन् ।
यसैगरी एमालेले मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्यलाई उम्मेदवार बनाएको छ । नेपाली न्युज अनलाइन बाट
Post a Comment