काठमाडौं, बैशाख २१ गते । रातो तारा डट कम-चिनियाँ राजदूत यू होङ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विहीबार भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपालमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास चिनले लिएको राजदूत होङले बताए ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा उनले पहिलो चरणको निर्वाचनको मनोनयन सफलतापूर्वक सम्पन्न गराइएको भन्दै नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई बधाई समेत दिएका थिए ।
स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनेमा राजदुत विश्वस्त रहेको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिए ।
राजदुतसँगको भेटमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन सबै मिलेर सम्पन्न गर्ने र दोस्रो चरणको निर्वाचन पनि बजेट अघि नै गर्ने विषयमा छलफल भइरहेकोे जानकारी गराएका थिए ।
अध्यक्ष ओली र राजदुत होङबीच द्धिपक्षीय हितका विविध विषयमा पनि कुराकानी भएको थियो ।
राजदूत होङले संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव कसरी अघि बढ्छ भन्ने चासो पनि व्यक्त गरेका थिए ।
अनलाइन बाट
Post a Comment