Websoft University

नेपाल तरुण दल केराबारीले शक्ति प्रर्दशन गरो


बिराटनगर जेठ ४ गते । रातो तारा डट कम-नेपाली कांग्रेस पार्टीको युवा संघठन नेपाल तरुण दल केराबारी गाउँपालिका स्तरीय भेलाले विहिवार केराबारीमा शक्ति प्रर्दशन गरेको छ ।

वैशाख ३१ गते पहिलो चरणको निर्वाचन सकिए लगतै जेठ ३१ गते हुन गइरहेको दोश्रो चरणको निर्वाचनलाई लक्षित गरी युवाहरुकोपहिलोभेलालेपप्पु साहकोअध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका स्तरीय नेपाल तरुण दल गठन गरेको हो । 

प्रत्येक वार्डवाट पाच पाच जना सदस्य रहने गरी नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार अभियानलाई सफल पार्न युवाहरुको दस्ता गठन गरेको नेपाली कांग्रेसका गाउपालिका सदस्य मनोज खड्काले वताउनुभयो ।

नेपाली कांग्रेसको नाराले सुख पाउछन साराले, नेपाली कांग्रेस जिन्दाबाद,जस्ता नारा घन्काउदै सयौंको संख्यामा केराबारी गाउपालिकाको यांगशिला ,पार्टी ,सिंहदेवी,भोगटेनी लगायतको विभिन्न वडावाट आएका युवाहरुले केराबारी बजारको परिक्रम गरेको थियो । 

भेलामा नेपाली कांग्रेसका महासमिति सदस्य ललित श्रेष्ठ, जिल्ला समिति सदस्य शिव ढकाल, क्षेत्रिय संयोजक रमेशजंग रायमाझी,दरुण दल सुनसरी सभापति सिजन गूरुङ,र अग्रज नेता दिलिप सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

भेला तरुण दल जिल्ला उपाध्यक्ष खेम थापाको संयोजकत्वमा सम्पन्न भएको थियो । केराबारी अनलाइनबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.