रंगेली, वैशाख २७ गते । रातो तारा डट कम-मोरङ्गको रंगेली सर्वसाधारणहरुको स्वास्थ्यमा सेवा पु¥याउने उद्देश्य सहित आज रंगेलीमा सुविधा सम्पन्न सिद्धार्थ टाईम्स हस्पीटल प्रा.लिको उद्घाटन गरिएको छ ।
हस्पिटलको एक समारोह बिच स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङ्गले रिविन काटेर समुद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री गुरुङ्गले अहिले सरकारले सर्वसाधारणहरुको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न रोगका सेवाहरु निशुल्क रुपमा प्रदान गरि रहेको बताए । उहाले सरकारले अहिले स्वास्थ्य क्षेत्रको सुधारका लागी मुलुकभर रहेका सरकारी अस्पतालको पुर्वधार विकाश गर्न लागीपरेको बताए । सो अवसरमा पुर्व क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रिय निर्दैशक विष्णु विक्रम बस्नेतले समेत शुभकामना मन्त्वय व्यक्त गर्नुुभएको थियो ।
दक्र्षिणपुर्वी मोरङ्गका २ दर्जन गाविसका सर्वसाधारण स्वास्थ्य सेवाका लागी सदरमुकाम विराटनगर धाउनु पर्ने बाध्यता रहदै आएको थियो । दश सैयाको अनुमती पाएको अस्पतालले स्थानिय स्तरमा बसोबास गर्ने आदीबासी, जनजाती, दलित तथा पिछडावर्गको आर्थीक र स्वास्थ्य स्थितीलाई मध्यनजर गर्दै अन्य निजी हस्पिटलको तुलनामा सर्वसुलभ तथा स्तरीय सेवा प्रदान गर्ने हस्पिटलका निर्देशक विक्रम मण्डलले बताए ।
(मन्त्रीलाई आचारसहिंता लाग्दैन कि के हो ?)
Post a Comment