Websoft University

अग्निपीडितलाई तेह्रथुममा यूकेको सहयोग


अमृत बास्तोलार- तेह्रथुम, जेठ १ गते । रातो तारा डट कम-
तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्नीपिडितहरुलाई तेह्रथुम यू के समाजले आईतबार  राहत रकम प्रदान गरेको
छ ।

४८ परिवारलाई नगर १५ लाख रुपैया राहत वितरण गरिएको समाजका प्रतिनिधि तारा प्रसाद लिम्वुले जानकारी दिनु भयो ।

आगलागिबाट घर पसल जलेकालाई जनही ६० हजार, घर मात्र जलेकालाई जनही ५० हजार, एकै परिबारका दुई ओटा घर भएकालाई जनही ७५ हजार, क वर्गका ब्यवसायीहरुलाई जनही ४० हजार, ख बर्गका ब्यवसायीहरुलाई जनही २० हजार, ग बर्गका ब्यवसायीहरुलाई जनही १५ हजार र घ बर्गका ब्यसायीहरुलाई जनही ५ हजारका दरले राहत रकम प्रदान गरिएको थियो ।

तेह्रथुमको संक्रान्तिबजारमा गत पुस १ भएको भिषण आगलागीबाट २६ घर परिवारका ३२ घरहरु जलेर पूर्ण रुपमा नष्ट हुदाँ ७३ परिवार विस्थापित भएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.