युवराज ठकुरी/सिंहदेवी,मोरङ, जेठ ८ गते । रातो तारा डट कम-मोरङको केराबारी स्रोत केन्द्रमा आबद्ध रहेका विद्यालयहरुका प्रधानाध्यापकहरुको जेठ महिनाको तेस्रो घुम्ती बैठक पाठनोट र शैक्षिक सामग्री निर्माण नगरी कक्षाकोठामा नजाने प्रतिबद्धता सहित घुम्ती प्रधानाध्यापकहरुको बठैक केराबारी-५,याङ्सिलामा रहेको सावित्री माविमा सम्पन्न भएको छ।
स्रोतकेन्द्र स्तरीय निर्णय अनुसार चैतको दोस्रो मङ्गलबार बुद्ध मावि केराबारी,देवीझोडाबाट सुरु गरिएको वैठक कल्याणकारी मावि सिंहदेवीमा र तेस्रो महिनाको बैठक सावित्री माविमा गरिएको प्रअ प्रेमप्रकाश भट्टराईले बताए।
शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्न सकिन्छ?कुन कुन विद्यालयले कुन तरिकाले विद्यालय सुधारका गतिविधि अगाडि बढाएका छ्न? भन्ने कुराको अवलोकन साथै अनुभवको साटासाट गर्ने माध्यम पनि घुम्ती प्रअ बैठकको औचित्य रहेकाले यसमा प्रधानाध्यापकहरुले सक्रिय सहभागीता जनाएको स्रोत व्यक्ती बिन्दु लावतीले बताए।
केराबारी स्रोत केन्द्र अन्तर्गतका ३३वटा विद्यालयहरु मध्ये केही पहाडी भुभागका विकट वडाहरुमा पनि रहेका छन।बैठकमा उपस्थित प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकहरुले विद्यालयमा संचालित कक्षा अबलोकन गरिएको थियो।
विद्यालय सुधारमा सबै पक्षहरु सहभागिता सगै ध्यानाकर्षण होस, केही नमुना विद्यालयहरुको अवलोकनले प्रधानाध्यापकहरुमा नयाँ भिजन सृजना गर्न पनि प्रअ बैठकले महत्वपूर्ण भुमिका खेल्ने र विद्यालय परिवारमा अन्तर्किया ,सहकार्य हुन जरुरी रहेको प्रमुख अतिथि वरिष्ठ प्रशिक्षक अशोक कालाखेतीले बताए।बैठकमा स्रोत व्यक्ति बिन्दु लावती,वरिष्ठ प्रशिक्षक, प्रशिक्षकहरु महेश्वर दाहाल,दीपक पोखरेल,गोविन्दप्रसाद दाहाल लगायत स्रोत केन्द्र विद्यालय भरिका प्रअहरु,प्रतिनिधि शिक्षकहरुको उपस्थिति रहेको थियो।
अर्को महिनाको प्रअ बैठक लक्ष्मी मावि केराबारी-९भलुवामा हुने सार्वजनिक माविका प्रअ रुद्र कार्कीले बताउनु भयो ।
Post a Comment