Websoft University

अपेक्षा गरिएको भन्दा बढी मतदान हुदै:प्रधानमन्त्री


काठमाडौ -चितवन, बैशाख ३१ गते । रातो तारा डट कम-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा अपेक्षा गरिएको भन्दा बढी मतदान हुने बताएका छन् । नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको उनले बताए ।


चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ केन्द्रबाट मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।’

नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको तालमेलअनुसार नै आफूले मतदान गरेको प्रधानमन्त्री प्रचण्डले बताए । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार बनेकी छन् । उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छिन् । एमालेले मेयर पदमा देवी ज्ञवालीलाई उम्मेदवार बनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले बिहान ७ बजेर ८ मिनेट जाँदा मतदान गरेका थिए । मतदानका लागि उनी शनिबार सपरिवार चितवन आएका थिए ।

प्रचण्डकी छोरीहरु रेणु दाहाल र गंगा दाहालले पनि लक्ष्मी मावि ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । प्रचण्डकी श्रीमती सीता दाहालले भने चितवनको शिवनगरस्थित निमावि शान्तिपुर केन्द्रबाट मतदान गरेकी छन् ।

चितवन जिल्लामा कुल मतदाता तीन लाख १३ हजार २ रहेका छन् । जिल्लाका ५०४ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ ।
अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.