काठमाडौं, बैशाख १८ गते । रातो तारा डट कम-माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सोमबार देशभर ३२ औंं मित्रमणी आचार्य दिवस मनाएको छ ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष रञ्जित तामाङले मित्रमणी विद्यार्थी आन्दोलनका महान सहिद भएको भन्दै उनले देखाएको बाटो नभुल्ने प्रतिबद्धता व्यक्त गरे ।
उपाध्यक्ष तामाङले शैक्षिक ब्यापारिकरण र माफियाकरणका विरुद्धको सम्झौताहीन संघर्ष नै आचार्यप्रतिको सच्चा श्रद्धाञ्जली हुने वताए ।
कार्यक्रममा विद्यार्थी नेता डिवि साउँद र पवन कार्कीले आचार्यको जीवनी बारे प्रकाश पारेका थिए ।
पञ्चायतकालका चर्चित विद्यार्थी नेता आचार्यलाई २०४२ साल वैशाख १८ गते हत्या गरिएको थियोे ।
पक्लिहवा क्याम्पस र रामपुर क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका आचार्य त्यसवेलाका निकै लोकप्रीय विद्यार्थी नेता थिए ।
Post a Comment