Websoft University

भरतपुर महानगरपालिकाको निर्वाचनमा हार्ने भएपछि बहिष्कार



चितवन, जेठ ६ गते । रातो तारा डट कम-भरतपुर महानगरपालिकाका निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस, माओवादी र राप्रपाले मतगणना बहिस्कार गरेकाछन। भरतपुर महानगरपालिकाको मतगणना होजो अवरुद्ध पारिएको थियो ।

मतगणना बहिस्कार पछि संयुक्त पत्रकार सम्मेलन गर्दै कांग्रेस–माओवादी गठबन्धनले निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा माग गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पटक–पटक त्रुटीपूर्ण परिणाम सार्बजनिक गरेर न्यौपानेले धाँधली गर्न खोजेको आरोप लगाए।

पत्रकार सम्मेलनमा उनले भने, ‘मतगणना स्थलमा गणकले गरेको टिपोट र निर्वाचन अधिकृतले कम्प्युटरमा इन्ट्री गरेर प्रिन्ट गरेको रिपोर्ट फरक–फरक देखियो ।’
वडा नम्बर चार, वडा नम्बर सात र वडा नम्बर नौको मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएको उनले बताए ।

सुरुमा वडा नम्बर चारको मतगणना सार्बजनिक गर्दा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको भनिएको थियो । कांग्रेसले विजय उत्सव मनाउन कार्यकर्ताहरुलाई भेला पारेको थियो तर त्यसको केहीबेरमै एमालेका उम्मेदवार सात मतको अन्तरमा विजयी भएको घोषणा गरिएपछि कांग्रेस नेता–कार्यकर्ताहरुको आक्रोश बढेको थियो ।

वडा नम्बर सातको मत परिणाम सार्बजनिक गर्दा पनि उम्मेदवारको प्रतिनिधिको टिपोट विपरित कम्प्युटर प्रिन्ट गरेर निकालेको तथ्यांक फरक देखिएको कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताए ।

केहीबेर अघि सार्बजनिक वडा नम्बर नौको मत परिणाम पनि त्यसैगरी फरक सार्बजनिक गरिएको कांग्रेस–माओवादी नेताहरुको दाबी छ । नौ नम्बर वडाको मतगणना सकिँदा एमालेका उम्मेदवार देबी ज्ञवालीको १५ हजार १५५ र माओवादीकी उम्मेदवार रेणु दाहालको १४ हजार ८०९ मत सार्बजनिक गरिएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.