बिराटनगर,बैशाख २९ गते । रातो तारा डट कम,बिराटनगर उपमहानगरपालिकाले समसामयिक बिषयमा र नगर बिकासको बारेमा छलफल गर्न राजनीतिक पाटी प्रतिनिधि सरोकारवाला नगरवासीहरु पत्रकार टोल प्रतिनिधि समेतलाई सहभागि गराएर कार्याक्रमको आयोजना गरेको थियो ।
कार्याक्रममा बोल्दै बिराटनगर उपमहानगरपालिकाका कार्याकारी अधिकृत दिपक कोईरालाले भन्नु भयो, नगर भित्र भएका काम र अधुराकामहरुको बारेमा सहभागि टोल सगठका प्रतिनिधि, पत्रकारहरु,राजनीतिक दलका प्रतिनिधिहरुले उठाएका बिषय बिकास निमार्णको बारेमा बिभिन्न पश्न उठाएपछि सो बारेमा पालै पालो कोईरालालेजबाफ दिनु भएको थियो।
कार्याक्रममा पूर्वाधार बिकास छनौट भएका सम्जौता र ९२ लाख सरकारले दिएको रकमबाट करिव ११ वटा योजनामा हाल काम भईरहेको जनकारी गराउनु भयो ।
हाल बिकास निमार्णमा सकृयताका साथ काम भईरहेको छभने नगरको सार्वजानि सम्पती जग्गाको खोजि भईरहेको र ईको पार्कको काम सकिएको, कभागृह मर्मत बुधहाट चोकको ए र बी प्लटको कामहरु एकै साथ अगाडि बडाईने भएको जानकारी गराउनु भयो ।
त्यसैगरी दुई करोड खर्च गरेर करिव ८ हजार सडक पती लगाउने नगरको लक्ष्य छभने यो वर्ष नगर हरियालिको लागि ठाउहरुको पैचान गरि १० हजार बिरुवाहरु लगाउने जानकारी गराउनु भएको थियो ।
सहभागिहरुले परियोजनाहरुका बारेमा ब्यापक कुराउठाएकाले सो को जानकारी दिदै दिपक कोईरालाले भन्नु भयो, पाँच किमी कालो पत्रे मध्ये ३,२ किमी सकिएको छ र रोडसाईड ड्रेन ३६ किमी बनाउनु पर्नेमा हाल २८ किमी काम सकिएको जानकारी गराउनु भएको छ ।
कलिका कंन्ट्रकसनले हाल जताततै बाटो बिगारेको भन्दै उपस्थित सहभागिहरुले बिरोध गरे पछि सो कुराको जानकारी गराउनु दिपक कोईरालाले भन्नुभयो, नगरमा करिव ४३ किमी ग्राभेल हुनु पर्नेमा हाल २३ किमी भईसकेको र अरुकाम भईरहेको बताउनु भएको छ ।
लक्ष्यअनुसार २ अरव ३१ करोड बजेट बाट ७३ किमी नगर भित्र पिच हुनु पर्नेमा हाल २० किमी पिच भईसकेको जानकारी गराउनु भएको थियो ।
त्यसैगरी बिराटनगरकै च्यागबारीमा यो वर्षा पछि ७०० किमी सडक र २३ किमी रोडसाईड ड्रेन बन्नेछ । छिटै बिराटनगरको खार्जिमा बन्नलागे सुबिधा सम्पन्न संन्चार गृहको काम पनि सुरु हुने जानकारी गराउनु भएको थियो ।
नगरको योजनाहरु थुप्रै भएकाले हाटखोलाको गुरुकुल लाई भारतिय सहयोगका ३ करोड १४ लाख खर्च गरेर जिर्णोदार गरिने कुरा सुनाउदै कोईरालाले भन्नु भयो, आगामी दिनमा जन्म दर्ता स्ता कुराहरु अनलाईन मार्फत सबै वडाबाट गरिनेछ र बिरासको आकांक्षा धेरै भए पनि नगरको राजश्वको लक्ष्य रु २२ करोड ७९ लाख भए पनि हाल १६ लाख मात्र उठनसकोछ तर आन्तरिक खर्चनै १७ करोड ५० लाख भएकाले कसरी बिकास हुँन्छ अव आफै भनुहोस भन्नु भयो ।
बिराटनगरको बरगाछि रोड सेस सडक नगरपालिको योजना भित्र नपर्ने भएको र त्यो अव्यवस्थित हुदा प्रत्यक्ष नगरलाई असर पर्ने भएकाले कसरी समाधान हुन्छ छलफल भईरहेको बताउनु भयो ।
बिराटनगर उपमहानगरपालिकाले करिव १२ करोड खर्च गरेर सोलार सडक बती लागाउने योजना अन्तरगत नै पुष्पलाल चोक देखि पानी टंकी सम्म लगाउने काम भईरहेको र तोकिएको ठाउँहरुमा लगातार लगाईने समेत जानकारी गराउनु भयो ।
Post a Comment