काठमाडौं, जेठ ७ गते । रातो तारा डट कम-साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरसम्म नै विस्तार गर्न अनुमति पाएको छ । ललितपुरको यातायात ब्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने गरी रुट इजाजत दिएको हो ।
अब स्वयम्भुबाट सीतापाइला- कलंकी- रवीभवन- सोल्टीमोड- कालीमाटी- टेकु- त्रिपुरेश्वर- सहीदगेट- सिंहदरबार- माइतिघर- बबरमहल- नयाँबानेश्वर-मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म सम्म जाने यातायात ब्यवस्था विभागका प्रवक्ता डाा. टोकराज पाण्डेले जानकारी दिए ।
साझाले कोटेश्वरबाट सानोठिमी- पुरानोठिमी- भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन ।
नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो ।
यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो ।
योसँगै भक्तपुरको पुरानो बाटोमा अब साझा नजाने पक्का भएको छ । साझा यातायातले पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १०/१० वटा बस सेवा भक्तपुरसम्म विस्तार गर्न अनुमति मागेको थियो ।
योसँगै भक्तपुरको पुरानो बाटोमा अब साझा नजाने पक्का भएको छ । साझा यातायातले पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १०/१० वटा बस सेवा भक्तपुरसम्म विस्तार गर्न अनुमति मागेको थियो ।
यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ । ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए ।
‘पुराानो बाटोमा भक्तपुर मिनी ब्यवसायी समितिले ४० सिटसम्मका बस चलाउन तयारी गरिरहेको छ,’ विभागका प्रवक्ता पाण्डेले भने,’भक्तपुरमा साझा प्रवेश गरेपछि ब्यवसायी पनि दबावमा परेका छन् । अब सिन्डकेट भन्ने कुनै चिज याहाँ रहँदैन । अनलाइन खबरबाट
Post a Comment